नियम १७
मासु निरीक्षक भई काम गर्न अनुमति लिनुपर्ने

(१) ऐनले तोकेको शैक्षिक योग्यता भएको व्यक्तिले मासु निरीक्षक भई काम गर्नकोलागि विभागबाट अनुमतिपत्र प्राप्त गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुपतिपत्र दिने सम्बन्धी व्यवस्था नेपाल सरकारले निर्धारण गर्नेछ ।

(३) उपनियम (१) बमोजिम अनुमतिपत्र दिंदा नेपाल सरकारले आवश्यकता अनुसार मासु निरीक्षकले गर्नुपर्ने काम किटान गर्न सक्नेछ ।